बाहिरी र भित्री सुन्दरताबीच फरक के ?

ByBibas chetan

११ आश्विन २०७६, शनिबार ०७:४३ ११ आश्विन २०७६, शनिबार ०७:४३ ११ आश्विन २०७६, शनिबार ०७:४३ #कथा, #प्रेरक कथा, #मनछुने भनाइ, #महान भनाइ, #राम्रा भनाइ, #लघुकथा, #सफलता, #सुन्दरता

कथा
एउटा बजारमा एक जना वेलुन व्यापारी बेलुन बेच्न ब्यस्त थिए । उसँग थुप्रै रंगका वेलुनहरु थिए, सेतो, निलो, पहेलो, रातो रङ्गका बेलुनहरू । केटाकेटीहरुले बेलुन किनेर हरेक दिन उडाउथे।  माथि माथि उडेकाे बेलुन देखेर केटाकेटीहरू खुशी हुन्थ्यो ।
यस्तैमा एकदिन, उक्त वेलुन व्यापारीकाेमा कालो वर्णका केटा बेलुन किन्न जान्छ ।  त्यो सानो केटोले बेलुनतर्फ हेर्दै सोध्छ, ‘म जस्तै कालो रंगको बेलुनलाई यस्सै गरी उडाइयो भने, त्यो उड्छ ?’ मलाई यहाँ खेल्न र रम्न नपाए जस्तै उड्न पाउदैन हाेला ?
सानो केटोको निर्दोष अनुहारमा हरेर मन्द मुस्कान छोड्दै वेलुन व्यापारीले  भन्छ, ‘ बाबु, बेलुनमाथि उड्नमा यसको रंगले कत्ति पनि फरक पार्दैन । प्रत्येक वेलुनलाई माथि उठाउने त उस भित्रको तत्वले हो । चाहे त्यो कालो होस् वा सेतो । हमेशा उ भित्र जस्तो तत्व हुन्छ यस्तै गुण हुने हाे । तिमी राम्रो छौ । ज्ञानी बन । सुन्दर नबन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!