दैनिकी सुन्दरता र सफल हुने १६ पाइलाहरू

ByBibas chetan

२४ भाद्र २०७६, मंगलवार १५:०९ २४ भाद्र २०७६, मंगलवार १५:०९ २४ भाद्र २०७६, मंगलवार १५:०९ #टिप्स, #नेपाली भनाइ, #मनछुने भनाइहरू, #राम्रा भनाइहरू, #सफलता, #सुझाव

१-त्यस्ता काम कहिल्यै नगर्नुहोस्, जुन काममा तपाईको मन जाँदैन । जिन्दगी परिवर्तन भइरहने हुनाले तपाईमा पनि परिवर्तन आवस्यक छ । यदि तपाई कुनै काम अब गर्दिन भन्नेमा पुग्नुहुन्छ भने त्यो काम छाडिदिनुहोस्, भलै यस्तो गर्न केही समय लाग्ला तर, तपाईको जिन्दगीमा त्यो हुनेछ जुन काम तपाई गर्न चाहानुहुन्छ । यस्तो जिन्दगी बाँच्नु पाउनुहुन्छ जुन तपाई बाँच्न चाहानुहुन्थ्यो । त्यसकारण कहिल्यै पनि त्यो काम नर्गनुहोस्, जुन काम तपाईले गर्न चाहानु हुँदैन ।

२-एकै समयमा एउटै मात्र काम गर्नुहोस् । यसले तपाईलाई राम्रो परिणाम मिल्ने र तपाईलाई खुसी पनि बनाउन सकोस् । यसले तपाईलाई कम दुखी बनाउँछ । साथै जिन्दगीलाई अझै राम्रोसँग अगाडि बढाउन सक्नुुहुन्छ ।

३-हरेक आइतबार एक हप्ताको लागि कामको योजना बनाउनुहोस् । त्यस समय आफ्नो पूरा हप्ताको योजनाको बारेमा लेख्नुहोस् । त्यहि लिस्ट हेरेर प्रत्येक दिन त्यहि अनुसार कामको तयारी गर्नुहोस् । यस्तो गर्नाले तपाईले आफ्नो काम अझै राम्रोसँग गर्नसक्नुहुन्छ र विना कुनै टेन्सन आरामका साथ गर्नसक्नुहुन्छ ।

४- सबै खाने कुराको किनमेल हप्तामा १ पटक मात्रै गर्नुहोस् । यसले तपाई आफ्नो टाइम, इनर्जी र पैसा बचत गर्न सक्नुहुन्छ ।

५- जब तपाई कुनै समस्या या पीडामा पर्नुहुन्छ, त्यतिबेला आराम सँग बस्नुहोस् । दुई मिनेट सम्म लामो लामो गरी सास फेर्नुहोस् । त्यतिबेला जुन हवा तपाईको शरीर बाहिर र भित्र गरिरहेको हुन्छ केवल त्यसमा मात्र ध्यान दिनुहोस् । यसले तपाईको दिमागलाई पूरा आराम दिन्छ । यसलाई मेडिटेशनको सानो हिस्सा पनि मानिन्छ ।

६-तपाईले सुरु गरेको काम समयमा सक्ने कोशिष गर्नुहोस् । तपाईले जुन काम गर्नुभएको त्यसमा सय प्रतिशत दिने कोशिष गर्नुहोस् ।

७-दिनमा सबै चिजहरुको एकपटक चेक गर्नुहोस् । अनलाईन, ट्विटर, फेसबुक, दिनमा एकपटक मात्र चेक गर्नुहोस् । त्यो काम आफ्नो काम सकेर मात्र गर्नुहोस् । यदि जरुरी छ भने कुनै पनि सयममा चेक गर्न सक्नुहुन्छ । त्यसैले सामाजिक संजालहरुमा व्यवस्त रहेर समय बेकार खेर फाल्नुभन्दा आफ्नो काम पूरा गर्नमा लाग्नुहोस् ।

८-दिनहुँ कुनै न कुनै एक राम्रो काम गर्ने कोशिषमा लाग्नुहोस् । जसकारण तपाईको मन अझै हल्का बनोस् । यसले तपाईभित्र पोजेटिभ इनर्जि आइरहन्छ । जसका कारण तपाईको पूरै दिन रमाइलोसँग बित्नेछ ।

९-जुन चिज तपाई एकवर्षदेखि प्रयोग गर्नुभएको छैन त्यस्तो चिजलाई घरमा नराख्नुहोस् । जे कुरा तपाईसँग छ त्यसैमा खुसी रहेर अगाडि बढ्ने कोशिष गर्नुहोस् । तपाई आफैलाई सोध्नुहोस् ‘के गएको वर्ष मैले ती चिजहरुको प्रयोग गरेको थिए ?’ ती चिजहरु कोही आफन्त या साथीहरुलाई दिनुहोस् या अन्य प्रयोजनमा लगाउनुहोस् ।

१०- दिनहुँ आफैसँग एक साधारण प्रश्न सोध्नुहोस् । जस्तै तत्काल कुन कुरा बढी महत्वपूर्ण छ जुन मैले गर्नुपर्ने छ र गर्न सक्छु अनि त्यस्तो कुन कदम आफूले आज चाल्नुपर्नेछ । जसका कारण तपाईको जिन्दगी अझ राम्रो हुन्छ ।

११-तपाईले प्रयोग गर्ने कुराहरु जे छ ति आफ्नै ठाउँमा राख्नुहोस् । यदि सबै कुरा आ–आफ्नै ठाउँमा छन् भने तपाईलाई कामगर्न सजिलो हुन्छ अनि त्यसलाई खोज्नका लागि समय खर्च गर्नुपर्दैन ।

१२- ति चिजहरु सस्क्राइब नगर्नुहोस्, जुन तपाईलाई मन पर्दैन । अनि ती मान्छेहरुलाई फलो पनि नगर्नुहोस् जसलाई तपाई मन पराउनु हुँदैन । ती मानिसहरु सँग जोडिरहँदा तपाईको समय त्यत्तिकै खेर गइरहेको हुने र तपाईलाई काम गर्न मन नलाग्ने पनि हुनसक्छ ।

१३-इमेलमा कम शब्दको सन्देश पठाउनुहोस् । यदि तपाईले कम शब्दहरु लेख्ने बानी गर्नु भयो भने, ठूला–ठूला काम छोटो इमेलमा बयान गर्न सक्नहुन्छ । एउटा कुराको याद राख्नुहोस्, यदि तपाई आफ्नो विजनेशका बारेमा एकपेजमै लेख्न सक्नु भयो भने तपाईको विजनेश राम्रो हुन्छ ।

१४-अनुमान लगाउनु भन्दा पहिले प्रश्न गर्नुहोस्, कुराकानी गर्नुहोस् । यसले तपाईमा भएको नकारात्मक भावना हटाउन सहयोग गर्दछ । साथै तपाईको जीवनमा अत्यन्तै महत्वपूर्ण रहेको समय बच्छ । भनिन्छ ‘टाइम इज मनि’ ।

१५-आफूले काम गर्ने टेवुल सफा राख्नुहोस् । यसले तपाईको दिमागमा सकारात्मक भावना आउछ । अनावस्यक चिज टेवुलमा हुँदा तपाईको दिमागमा नकारात्मक भावना आउने ज्यादा सम्भावना हुन्छ ।

१६-सबैलाई खुसी राख्छु भनेर त्यसमै समय खेर नफाल्नुहोस् । हामी सबैको जीवनमा कोही न कोही त्यस्ता मान्छे हुन्छन् जसलाई सँगै लिएर हिड्न गाह्रो हुन्छ । जसमा हाम्रो परिवारकै सदस्य हुन सक्छन्, साथीहरु, ब्वाइफ्रेन्ड, गर्लफ्रेन्ड लगायत धेरै मानिस त्यस्ता हुन्छन्, जसलाई लिएर तपाई अघि बढ्न सक्नुहुन्न । यस्ता मान्छेबाट टाढा रहनुहोस् । जो व्यक्ति तपाईको सफलतामा बाधा बनिरहेको हुन्छ । बेलैमा यो सोच्नुहोस् कि, सबैलाई खुसी राख्छु भन्दा आफ्नै जीवन बर्बाद नबनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!