प्रेमिल सुझावहरू

ByBibas Kulung

११ श्रावण २०७७, आईतवार १४:२३ ११ श्रावण २०७७, आईतवार १४:२३ ११ श्रावण २०७७, आईतवार १४:२३ #आफ्नो न्युज, #प्रेमिल भनाई, #प्रेरक भनाई, #महान भनाइ, #माया, #मायाप्रेम, #राम्रा धनाई, #सफलता

१) कहिले कहिँ तपाईंले एक अर्काको प्रसंसा गरेर पनि एक अर्काको नजिक हुन् सक्नु हुन्छ | जस्तै आज तपाई/तिमि सुन्दर देखिएको छौ | तिमीलाई आज यो ड्रेसले धेरै सुहाएको छ जस्ता कुराहरुले तपाइलाई नजिक ल्याउन सहयोग गर्छ | यस किसिमको कुराहरुले तपाई उसको ख्याल गर्नुहुन्छ | उसलाई धेरै माया गर्नुहुन्छ भने फिल गराउन सहयोग गर्छ |

२) आफ्नो पार्टनरलाइ कहिल्यै पनि बेवास्ता नगर्नुहोस | प्रेममा कुनै किसिमको कानुन हुदैन कि तपाइको पार्टनरले यो कार्य गर्नहुन्छ अनि यो कार्य गर्न हुदैन | आफ्नो पार्टनरले गरेका राम्रो कामको तारिफ गर्नुहोस र यदि कुनै काम राम्रो लागेको छैन भने उसलाई भन्नुहोस | उसले तपाइलाई खुसि बनाउन गरेको प्रेमलाइ स्वीकार गर्नुहोस |

३) तपाईंको जीवनसाथी र विवाह एक प्राथमिकता हुनुपर्छ। उनीहरुले तपाइले भनेको कुराको बिस्वाश गरुन | सधै शब्दमा मात्रै सिमित हुनुभन्दा आफुले भनेको कुरामा अडिग हुनुहोस र आफ्नो कुराको महत्व थाहा हुन दिनुहोस | आफ्नो शब्दहरुलाई ब्यबहारमा पनि उतार्नुहोस |

४) आफ्नो पार्टनरलाइ छोएर, चुम्बन गरेर या अंगालो मारेर उनीहरुको नजिक हुन् कोसिस गर्नुहोस | यसरि तपाई शारीरिक रुपमा आफ्नो पार्टनरको नजिक रहन सक्नुहुन्छ | शारीरिक रुपमा नजिक हुनु पनि एक आवश्यक बस्तु हो, आफ्नो सम्बन्धलाइ नजिक र सुमधुर बनाउनका लागि |

५) कुनै पनि सम्बन्धमा जानुभन्दा अगाडी आफु किन यो सम्बन्दमा जादैछु | यो सम्बन्धबाट मैले के कुराको अपेक्षा राख्ने र यो भन्दा पनि महत्वपूर्ण कुरा आफुले आफैलाई बुज्नुहोस | जबसम्म तपाइले आफुले आफुलाई बुज्न सक्नु हुन् तपाइले आफ्नो पार्टनरलाइ पनि बुज्न सक्नुहुन्न | सम्बन्धमा भैसके पछिका आफ्ना प्राथमिकतालाइ क्रमबद्ध गर्नुहोस र आफुले आफुलाई सम्बन्दमा जोड्नुहोस |

६) केहि कामहरु संगै गर्नुहोस | जस्तै घरको काम, बजार जाने काम, किनमेल गर्ने काम र अन्य निकै धेरै कामहरु संगै गर्नुहोस | जसले तपाइलाई जोड्न र एकअर्काको नजिक ल्याउन सहायोग गर्दछ |

७) एक-अर्कालाई खुशी पार्नुहोस् | उनीहरुलाई एक्लो महसुस हुन् नदिनुहोस | उनीहरुको सुख दुख उतार चढावमा तपाई संगै हुनुहुन्छ भनेर बिस्वाश दिलाउनुहोस् | केहि गारो भयो कुनै पनि कुरा परिस्थिति बिपरित भयो भने तपाइले कहिल्यै उनीहरुको साथ छोड्नुहुन् भनेर बिस्वाश दिलाउनुहोस् |

८) उनीहरुलाई सुरुमै जज नगर्नुहोस | उनीहरुको पनि कुरा सुन्नुहोस र आफ्नो तर्क राख्नुहोस | यदि तपाइले एकतर्फी मात्र कुरा राख्नु भयो भने आफ्नो पार्टनरलाइ कहिल्यै पनि बुज्न सक्नु हुन्न | उनीहरुको पनि कुरा सुन्ने अनि आफ्नो पनि कुरा राख्ने बानि गर्नुहोस |

९) उनीहरु संग केहि कुरा पनि नलुकाउनुहोस् | जब तपाइले उनीहरुलाई आफ्नो दैनिक जीवनको साथी बनाउनु हुन्छ | आफ्नो दैनिकी सुनाउनु हुन्छ तब तपाई आफ्नो पार्टनर संग धेरै भन्दा धेरै जोडिन सक्नु हुन्छ | यसरि नै तपाई पनि उनीहरुको दैनिक जीवनको साथी बन्न सक्नु हुन्छ |

१०) कुनै पनि चीजलाई असाध्यै कठोर नबनाउनुहोस्, यदि उनीहरूले केहि असुविधा महसुस गरेमा त्यसलाई गर्न नदिनुहोस्। चीजहरूमा हतार नगर्नुहोस्, धैर्य गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!