मायाप्रेम सम्बन्धी भनाइहरू

ByBibas Kulung

१३ श्रावण २०७७, मंगलवार ०८:४८ १३ श्रावण २०७७, मंगलवार ०८:४८ १३ श्रावण २०७७, मंगलवार ०८:४८ #प्रेमसम्बन्धी भनाई, #प्रेरक भनाई, #महान भनाइहरू, #मायाप्रेम, #मायासम्बन्धी भनाई, #सफलता

१. कुनैप्रेम यसकारणले पनि अधुरो हुने गर्छ किनकि एउटाले भन्ने हिम्मतनै जुटाउन सक्दैन र अर्कोले सम्झिने कोशिसनै गर्दैन ।

२. जिन्दगीमा कहिले पनि कसैसँग प्रेमको लागि आफ्नो हात नाफैलाउनु किनकि प्रेम मागेर पाईदैन, आफूलाई उनको लायक बनाउनु पर्दछ ।

३. एउटा प्रेमले तब मात्र पूर्णरुप लिन्छ जब आफूले प्रेम गरेको मान्छेको राम्रो र नराम्रो दुवै कुरालाई बराबर प्रेम गर्न सुरु गर्छ ।

४. जिन्दगीमा हारेक कुरा जितेर खुसी मिल्छ तर प्रेम मात्र एउटा यस्तो चिज हो जहाँ जितेर भन्दा पनि हारेर बढी खुशी मिल्ने गर्छ ।

५. एउटा स्त्रीले हेरविचार र भावना बाट प्रेमको महशुस गर्छिन भने एउटा एउटा पुरुषले स्वकृति र स्पर्शबाट प्रेमको महशुस गर्छ र यहि भिन्नतालाई नबुझ्नाले आजभोलिको प्रेम सुरु हुनुभन्दा पहिलेनै सकिन्छ ।

६. सुन्दरतासँग गरिने प्रेम उमेरले मेटाइदिन्छ, धनसँग गरिने प्रेम समयले सकाइदिन्छ तर मनसँग गरिने प्रेम सधैंभर रहिरहन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!