गुरु नानकका प्रेरक भनाइहरू

ByBibas Kulung

७ आश्विन २०७७, बुधबार ०७:४३ ७ आश्विन २०७७, बुधबार ०७:४३ ७ आश्विन २०७७, बुधबार ०७:४३ #आफ्नो न्युज, #गुरु नानक, #प्रेरक भनाइहरू, #मनछुने भनाइहरू, #विवश कुलुङ, #सफलता
  • कहिले पनि खराब कार्य गर्नका लागि नसोचौं, अरुलाई सताउने काम नगरौं ।
  • धनलाई खल्तीसम्म मात्र स्थान दिनुपर्छ, आफ्नो हृदयमा होइन ।
  • इमान्दारितापूर्वक मेहनतले आर्जेको धनले आफ्नो पेट पाल्नुपर्छ ।
  • बन्धु हो, हामी मृत्युलाई खराब भन्दैनौ, जब हामीले मर्ने कला सिक्छौ ।
  • यो संसार कठिनाइले भरिएको छ, जसलाई स्वयम्माथि भरोसा छ उही नै विजेता कहलाइन्छ ।
  • ईश्वर सर्वत्र विद्यमान छन्, उनी हाम्रा पिता हुन् । त्यसैले संसारमा भएका सवैसँग मिलिजुली प्रेमपूर्वक बाँच्नुपर्छ ।
  • कहिले पनि, कुनै पनि परिस्थितीमा अरुको अधिकार हनन गर्नु हुँदैन ।
  • तपाई सबैको सद्भावना नै मेरो सच्चा सामाजिक प्रतिष्ठा हो ।
  • जो व्यक्ति आफ्ना घरमा पनि शान्तिपूर्वक जीवन व्यतित गर्छन्, उनलाई यमदूतले पनि केही गर्न सक्दैन ।
  • सच्चा धार्मिक त्यही हो, जो सबै व्यक्तिलाई समान रुपले सबैको सम्मान गर्छ ।
  • अरूलाई त्यही शब्द बोल्नुपर्छ, जुन शब्दले तिमीलाई सम्मान दिलाउँछ ।
  • संसार जित्नका लागि अरुलाई उछिन्ने होइन । बरु आफैभित्रको कमजोरी र विकारमाथि विजय प्राप्त गर्नुपर्छ ।
  • अहंकारले कुनै पनि मान्छेलाई मान्छे बनेर रहन दिदैन, त्यसैले अहंकार वा घमन्ड त्याग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!