सुकरातका छुटेका भनाइहरू

ByBibas Kulung

१० आश्विन २०७७, शनिबार २०:१४ १० आश्विन २०७७, शनिबार २०:१४ १० आश्विन २०७७, शनिबार २०:१४ #गहकिला भनाइ, #गहन भनाइ, #सुकरातका भनाइहरू


१. हाम्रो प्रार्थना वरदानको लागि होइन, आशीर्वादका लागि हुनुपर्दछ, किनभने भगवानलाई हाम्रो लागि सहि के हो भन्ने कुरा सबै थाहा छ ।

२. झुठो शब्द आफैमा मात्र खराब हुँदैन,त्यसले तपाईको आत्मालाई पनि खराब बनाउँछ ।

३. आफ्नो अमूल्य समयलाई अरुले लेखेको र भोगेको कुराबाट आफैलाई सुधार्न लगाउ, किनभने तिमीले त्यो कुरा सहजै थाहा पाउँदछौ, जुन कुरा उनीहरुले कठिन मिहेनत र भोगाईबाट पत्ता लगाएका थिए ।

४. सौन्दर्य आपत्कालिन अत्याचार हो ।

५. जहाँ सम्मान हुन्छ त्यहाँ डर पनि हुन्छ तर हरेक डरमा सम्मान हुँदैन, किनभने डर सम्मानभन्दा धेरै व्यापक छ ।

६. मूल्यहीन व्यक्तिहरु केवल खान र पिउँनका लागि बाँच्छन् भने मूल्यवान व्यक्तिहरु बाँच्नको लागि खाने पिउँने गर्दछन् ।

७. जस्तोसुकै अवस्थामा विवाह गर्नुपर्दछ, यदि असल श्रीमती प्राप्त भयो भने तपाईको जिन्दगीमा खुसीयाली छाउनेछ र खराब श्रीमती परे तपाई दार्शनिक बन्नुहुनेछ ।

८. मृत्यु सम्भवतः मानवीय वरदानमा सबैभन्दा महान छ ।

९. बाँच्नु मात्रले अर्थ राख्दैन, तर अर्थपूर्ण र सच्चाई बाँच्नुले अर्थ राख्दछ ।

१०. म जीवित व्यक्तिहरुमा सबैभन्दा वुद्धिमान हुँ किनभने मलाई यो थाहा छ कि मलाई केहि पनि आउँदैन ।

११. मित्रता बरु ढिला गर्नुहोस् तर गरेपछि कहिल्यै नटुट्ने गरि गर्नुहोस् ।

१२. त्यो व्यक्ति सबैभन्दा धनवान छ, जो सानो कुरामा पनि सन्तुष्ट हुन सक्दछ, किनभने सन्तुष्टि नै प्रकृतिको सम्पत्ति हो ।

१३. मलाई एउटा मात्र कुरा थाहा छ ,र त्यो के भने मलाई केही पनि थाहा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!