-प्रज्ञा र समाधिको आधारमा जिउने जीवनलाई ठीक जीवन वा स्वधर्म भनिन्छ ।
-नैतिक अनुशासन पालन नगरे शरीर स्वस्थ हुँदैन ।
-पहिलो अनुशासन पालन नगरे शरीर स्वस्थ रहदैन । शरीर स्वस्थ नभए शक्ति हुँदैन ।
-आपत परेमा अरुसँग बुद्धि सापट लिन सकिन्छ तर मन लिन सकिदैन, आफैले यसको विकास गर्नुपर्दछ ।
-जीवन र मरणका लागि प्रेमहुनु हुँदैन, स्वधर्मका लागि मात्र प्रेम गर्नुपर्दछ ।
-सत्यदर्शनको लागि ब्रह्मा विष्णु महेश्वर भएर पनि काम लाग्दैन ।
-सबभन्दा ठूलो कुरा कर्मकुशलता हो । आफनो काम ठीकसँग गर्नुहोस । गुणमा ध्यान दिनुहोस, संख्यामा होईन ।
-अरुको दोष देखाएर आफनो कर्तव्य पुरा नगर्ने मानिस मानिस नै होइन । देश, काल, अवस्था हेरेर आफनो कर्तव्य पूरा गर्नुपर्दछ ।
-जीवन राम्रोसँग चलाउन तीन तत्वहरु चाहिन्छ । दानधर्म, विवेक र भक्ति
-नियम निष्ठा र समयनिष्ठा सबै कुरामा चाहिन्छ, स्वधर्मलाइ त अति नै आवश्यक छ ।