सत्य बोल्नु, वचन पूर्ण गर्नु, अशत्त र वृद्धलाई सघाउनु र शिक्षा लिनु अत्यन्त आवश्यक कार्य हुन् ।
सृष्टि ईश्वरको परिवार हो, त्यसैले ईश्वरलाई त्यही मानिस प्रिय हुन्छ जसले सृष्टिसँग सदव्यवहार गर्दछ ।
ईश्वरले त्यस्ता व्यक्तिमाथि दया गर्दैनन्, जो अरुमाथि दया गर्दैन ।
सधैँ झुटबाट बच्नु र सत्यमात्र बोल्नु ।
कसैसँग ईष्र्या नगर, किनकि ईष्याले सत्कर्मको त्यसरी नै विनाश गरिदिन्छ जसरी अग्निले दाउराको ।
अर्काको कुरा नलगाऊ । ती सबैभन्दा निकृष्ट हुन, जो अर्काको चुक्ली लाउँछन र मित्रका बीच फाटो पार्दछन् ।
गरिब र आवश्यक परेकालाई मदत गर ।
सबभन्दा असल व्यक्ति त्यो हो, जसको चरित्र राम्रो छ ।
पशुलाइ नसताउ । जो तिनलाई दया गर्दैन ईश्वर ती माथि दया गर्दैनन ।
ब्याजको लोभले पैसा सापट दिनु हुँदैन ।