-जसलाई सबैतिरबाट सन्तोष छ उही धनी हो ।
-पुरुषार्थहीन मनुष्य जिउदै मरेको छ ।
-यथार्थ मुक्तिको कारण यथार्थ ज्ञान नै हो ।
-संसारमा आफनो मूर्खताभन्दा ठूलो कुनै शत्रु छैन । जबसम्म यसबाट मुक्ति हुँदैन, परमानन्दको अनुभूति हुन सक्दैन ।
-मुक्तितर्फ अग्रसर गराउने साधनमा सर्वश्रेष्ठ स्थान केवल भत्तिको छ । स्व स्वरुपको अनुसन्धानको नाम भक्ति हो ।
-मन नै मनुष्यको बन्धन र मोक्षको कारण हो । विषयासक्त मन बन्धन हो र निर्विषय मन मुक्त हो ।
-योगीले शिवलाई आत्मामा देख्छन्, मूर्तिमा हैन । जो आत्मामा रहने शिवलाई छाडेर बाहिरका शिवलाई पूज्दछन, ती हातमा राखेको लड्डु छोडेर आफनो कुहिना चाट्छन् ।
-कर्म मात्रले अज्ञानको नाश हुन सक्दैन, किनकि कर्म र अज्ञानको कुनै विरोध छैन । जसरी अन्धकारको नाश प्रकाशले नै हुन्छ । त्यसैगरी अज्ञानको नाश ज्ञानले नै हुन्छ ।
-जो धर्मको आचरण गर्दैन त्यो पशु हो, तर त्यो त ती भन्दा पनि निकृष्ट छ जो शास्त्र पनि जान्दछ, त्यसैको उपदेश गर्दछ, तर आफनो जीवनमा अपनाउँदैन ।
-अविद्यारुपी सर्पले डसेका व्यक्तिलाई ब्रह्मज्ञान नै एकमात्र अमोध औषधी हो । यस्ता पुरुषका लागि वेद, शास्त्र वा अन्य निदानको केही काम छैन ।