महावीरका राम्रा भनाइहरू

ByBibas Kulung

१८ मंसिर २०७७, बिहीबार १४:५५ १८ मंसिर २०७७, बिहीबार १४:५५ १८ मंसिर २०७७, बिहीबार १४:५५ #आफ्ना भनाई, #नेपाली भनाइ, #प्रेरक भनाइ, #मनछुने भनाई, #महावीरका भनाइ, #राम्रा भनाई्, #सफलता

सबै प्राणीलाई आफ्नो जीवन प्रिय छ । सुख अनुकुल छ, दुःख प्रतिकुल छ । सबै जीव दीर्घायु चाहन्छन् ।

मनमा सधैँ मैत्री भावना राखेर मेरो सबैसँग मित्रता होस र कसैसँग शत्रुता नहोस भन्ने चाहना राख्नुपर्दछ ।

गुणवान व्यत्तिलाई भेटेमा प्रसन्न भएर उसँग सम्पर्क स्थापित गर्नुपर्दछ ।

आफ्ना विरोधीप्रति तथा रिसाएका व्यत्तिका प्रति घृणा एवम द्धेषको भावना राख्नु हुँदैन ।

कुनै प्राणीलाइृ पनि आहत नपार । कुनै प्राणीमाथि शासन नगर । कसैलाई पराधीन नबनाऊ ।

आशक्तिको त्याग गर । निर्वाणको खोज गर ।

जसलाई तिमी हरण योग्य ठान्छौ त्यो तिमी नै हौ । जसलाई तिमी आज्ञाको परिधिमा राख्न योग्य ठान्छौ त्यो तिमी नै हौ ।

क्षमाले क्रोध जित्छ, प्रसन्नताले अहंकारलाई जित्छ र सन्तोषले लोभलाई जित्नु पर्छ ।

आत्माको आनन्दलाई प्रवाह रुपमा पुनः अनभव हुनुलाई अनन्त उपभोगालब्धी भनिन्छ ।

शत्रुसँग अशत्रु भएर जीवन यापन गर्न परम शुख हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!