कर्म, ज्ञान र भक्ति जसमा यी तीनको एकत्व हुन्छ, त्यही श्रेष्ठ पुरुषार्थी हो ।
पढेका कुराले होइन, सम्झेका कुराले मानिसलाई विद्वान बनाउछ ।
सबभन्दा ठूलो संघर्षबाट सबभन्दा ठूलो शक्ति निस्कन्छ ।
अध्यापक नै राष्टको सस्कृतिको चतुर माली हुन्छन् ।
कर्मको मूल्य उसको बाहिरी रुप फलमा त्यति छैन जति कि त्यसद्धारा हामीभित्र दिव्यताको वृद्धि हुनुमा छ ।
कमजोरीको विचारले कमजोरीको उपचार हुँदैन । शक्तिको विचार गर्नुपर्दछ । मानिसलाई शत्तिको शिक्षा देऊ, जो उनीभित्र पहिलेदेखि नै विद्यमान छ ।
परमात्मा ज्ञानरुपी महासमुद्र हुन । त्यहाँ डुबुल्की लाउने बित्तिकै अज्ञानताको केही पत्तो पाईन्न ।
आध्यात्मिक विकासको शिखरमा पुगेर यदि हामीले मानव धरातललाई विस्यौँ भने हामीले कदापि सत्यलाई समाउन सक्दैनौँ ।