बालकको सबभन्दा ठूलो सम्पति प्रेम हो ।
विजय त्यसको हुन्छ, जसले आफूलाई संकटबाट उठेर कार्य सम्पन्न गर्दछ ।
मानिस जति जति बृद्ध हुँदै जान्छ, त्यति नै जीवन र मृत्युको भय बढ्छ ।
सर्वोत्तम विजय प्रेमको हो, जसले सदाका लागि विजेताको हृदय बाँध्दछ ।
सत्कार्य स्वयम जन्मदैनन, यिनलाई विचारमा कोखमा स्यानुपर्दछ ।
निरोगी हुनु परमलाभ हो, सन्तोष परमधन हो, विश्वास ठूलो बन्धु हो, निर्वाण परमसुख हो ।
मृत्युपछि नयाँ जीवन प्राप्त हुन्छ । जो व्यक्ति राष्ट्रका लागि मर्न जान्दैन, त्यो बाँच्न पनि जान्दैन ।
जुन पुस्तकले तिमीलाई सबभन्दा बढि सोच्न बाध्य गर्दछ ती नै तिम्रा लागि सबभन्दा बढी सहायक छन् ।
एकातर्फ मानिसहरु आणविक युगको चर्चा गर्दछन, अर्कातिर हामी अहिलेसम्म गोबरयुगमा अडिएका छौँ ।
वर्षौँ अघि हामीले नियतिसँग भेट्ने वचन दिएका थियौँ र अहिले त्यो समय आएको छ कि अब हामीले त्यस वचनलाई पूरा गर्नेछौँ ।