• मेरो उद्धेश्य भद्र व्यक्तिको निर्माण गर्नु हो । आदर्श व्यक्तिले नै समाजमा असल परिवर्तन ल्याउन सक्छ र चीनको पुरानो गौरवको पुनस्र्थापना गर्न सक्छ ।
  • जुन व्यवहार तिमी आफैलाई राम्रो लाग्दैन त्यस्तो व्यवहार अरुप्रति पनि नगर ।
  • मानिसको कर्तव्य स्वर्गबाट निर्धारित हुन्छ । तसर्थ उसले कर्तव्य पूरा नगर्नु आफैलाई हानी पुर्याउनु हो । बुद्धिमान मानिसले कर्तव्यलाई जहिले पनि आफ्नो लक्ष बनाउछ ।
  • प्रत्येक सुकर्म पुरस्कृत हुन्छ । केवल सुकर्म गर्नाले नै मानिसलाई जीवनको सही आनन्द र दीर्घायु प्राप्त हुन्छ ।
  • मानिसमा रहेको असलपना र दुष्टताको आधारमा स्वर्गबाट उसलाई दण्ड वा सुख प्राप्त हुन्छ । असल मानिस पुरस्कृत हुने र अवश्यस्भावी कुरा हो ।
  • नजानेर गरेको गल्तीलाई क्षमा गर्नुपर्दछ । तर जानेर दुष्टता गरिएको छ भने त्यसलाई दण्डित गर्नुपर्दछ ।
  • कठोरवचनको प्रयोगबाट घृणाको उत्पति हुन्छ । मानिसले आफूबाट धेरै तर अरुबाट कम आशा राख्नुपर्दछ । यसो गर्दा घृणाबाट बच्न सकिन्छ ।
  • मर्यादित मानिसले न्याय चाहन्छ र आफ्नो सम्पूर्ण कर्ममा त्यसलाई खोज्दछ । मुर्खमात्र अन्यायी हुन्छ ।
  • कुनै मानिसले गल्ती गर्छ भने उसले आफ्नो गल्ती तत्काल स्वीकार गर्नुपर्दछ र त्यसको सुधार गर्नुपर्दछ ।
  • वास्तविक दोष भनेको थाहा हुँदाहुँदै पनि नसुध्रनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!