सफा हृदयलाई सजिलैसँग भयवित पार्न सकिन्न ।

मनिसले अस्ताउँदो सूर्य देखेर आफ्नो ढोका बन्द गर्दछन् ।

प्रत्येक मानिसलाई आफ्नै जीवन प्यारो लाग्दछ तर महापुरुषलाई आफ्नो जीवनभन्दा पनि बढी प्रिय र मूल्यवान ईज्जत लाग्छ ।

जब अत्याचारीले प्रेमको अभिनय गर्छ तब भने डराउनु पर्छ ।

हरेक मानिसको निन्दा सुन तर आफनो निर्णय गोप्य राख ।

आफ्नो विवेकलाई नै आफ्नो शिक्षक बनाऊ । शब्दलाई कर्मसँग र धर्मलाई शब्दसँग मेल गराऊ ।

कर्मलाई वचनको अनुरुप र वचनलाई कर्मको अनुरुप बनाऊ ।

आफ्ना विचारलाई आफ्नै कारावास नबनाऊ ।

अपराधि मन शंकाको अड्डा हो । चोरलाई हरेक झाडीमा पुलिसको डर हुन्छ ।

मेरो सम्मान नै मेरो जीवन हो, दुवै एक साथ बढ्दछन् । मेरो सम्मान नष्ट गर्यौ भने मेरो जीवन पनि नष्ट हुनेछ ।

जति देखाउन सक्छौ त्यसभन्दा बढि तिमीसँग हुनुपर्दछ र जति तिमी जान्दछौ त्यसभन्दा थोरै बोल्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!