चाणक्यका अमर भनाइहरू

ByBibas Kulung

१७ फाल्गुन २०७७, सोमबार १२:२६ १७ फाल्गुन २०७७, सोमबार १२:२६ १७ फाल्गुन २०७७, सोमबार १२:२६ #अमर भनाई, #चाणक्यका भनाई, #नेपाली भनाई, #प्रेरक भनाई, #मनछुने भनाई, #माहान भनाई, #राम्रा भनाई


-विवेक पाएका गुणले सुन्दरता प्राप्त गर्दछन् । जसरी सुनमा जडिएको रत्न ज्यादै शोभायमान हुन्छ ।

-विगतलाई लिएर शोक गर्न हुदैन, भविष्यमा के होला भनेर चिन्ता गर्नु हुदैन । वर्तमानको समयलाई हेरेर नै विद्धानहरु कुनै कार्यमा लाग्दछन् ।

-जहाँ राजा हुदैनन त्यहाँ सबलले दुर्बललाई खान्छ । तर जहाँ राजा हुन्छ त्यहाँ निर्बल पनि सबल बन्छ ।

-स्त्रीको गुरु पति हो । अतिथि सबैको गुरु हो । चारै वर्णको गुरु बा्रह्मण हो ।

-भेलभाव गोप्य राख्नु सफलताको साँचो हो । अतः मनको भेद हृदयलाई पनि नदेऊ ।

-अपार वैभवशाली कुवेरले पनि यदि आम्दानी भन्दा बढी खर्च गरे भने कंगाल हुनेछन् ।

-जो बाँचिरहँदा विद्धान, मित्र र बन्धु बान्धव पनि बाँच्दछन, उसैको जीवन सार्थक छ । आफना लागि त को बाँच्दैन र ?

-चामलभन्दा दस गुणा पीठो गहुँको, पीठोभन्दा दस गुणा दूध र दूध भन्दा दस गुणा गुणकारीयुत्त हुन्छ ।

-कुलकै कारणले कोही ठूलो हुँदैन, विद्याले नै उसलाई पूजनीय बनाउँछ ।

-जसको मनमा पाप छ ऊ सयपटक तीर्थस्नान पछि पनि पवित्र हुन सक्दैन । जसरी मदिराको पात्र पोलेर पनि शुद्ध हुदैन ।

-प्राणीले जस्तो भोजन गर्छ, उसका त्यस्तै सन्तान हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!