तपाईको प्रेम साँचो की झुटो यसरी थाहा पाउनुहोस्

ByBibas chetan

८ पुष २०७५, आईतवार ००:०४ ८ पुष २०७५, आईतवार ००:०४ ८ पुष २०७५, आईतवार ००:०४

धेरै प्रेमीहरुले आफ्नो मायालुलाई फकाउँदा ‘तिमी मेरो मुटु’, ‘तिमी भन मात्रै आकाशको तारा पनि झारिदिन्छु’, ‘तिमीलाई म महारानी बनाएर राख्छु’ जस्ता शब्दहरु ओकल्छन् ।

तर, यसरी बोलेका सबै कुरा साँचो हुने भए किन कसैको प्रेमसम्बन्ध टुट्थ्यो होला र ? त्यसैले प्रेमीले भनेका सबै शब्दमा आँखा चिम्लेर पूर्णरुपमा भरोसा गर्न हुँदैन र सबै प्रेम चोखो पनि हुँदैन । कसैले आफ्नो शारीरिक सुख भोगको लागि पनि प्रेमको नाटक गरेका हुन सक्छन् ।

हुन सक्छ प्रेमीको मिठा र चिल्ला कुराबाट आकषिर्त भएर तपाईं आफ्नो प्रेम सच्चा भएको सोच्नुहुन्छ तर, केही समयपछि नै तपाईंलाई त्यो प्रेम नभई शारीरिक आकर्षण मात्रै भएको थाहा हुन्छ । यस्तोमा आफ्नो सम्बन्धबारे गहिरिएर सोच्ने हो भने त्यो साँच्चै प्रेम हो वा केवल शारीरिक आकर्षण भन्ने सजिलै थाहा हुन्छ ।

के तपाईंको पार्टनरले केवल शारीरिक सम्बन्धलाई महत्व दिन्छ ?

एक स्वस्थ प्रेम सम्बन्धमा शारीरिक समागम पनि हुन सक्छ । तर, यदि तपाईंको पार्टनर सँधै यौनका बारेमा मात्रै सोच्छ वा शारीरिक सम्बन्धलाई मात्रै महत्व दिन्छ भने तपाईंले यो प्रेम हो कि होइन भनेर सोच्नुपर्ने हुन्छ ।

प्रेमको अर्थ विश्वास, प्रतिबद्धता र सञ्चार हो । तर, यदि तपाईंको साथी हरेक समय तपाईंसँग भौतिकरुपमा नजिकिन खोज्छ भने तपाईं एक कदम पछाडि हट्नुपर्छ ।

के एक-अर्कासितको आकर्षण फिक्का हुन थाल्यो ?

तपाईं कसैसँग वास्तविक प्रेम सम्बन्धमा हुनुहुन्छ भने एक-अर्काप्रतिको आकर्षण कहिल्यै पनि फिक्का हुँदैन । तर, साँचो प्रेम होइन भने केही समयमै आकर्षण कम हुन्छ र एक-अर्कासँग धेरै छिटो वाक्क बन्नुहुन्छ ।

कहिलेकाँही तपाईंले कुनै मानिसलाई उनीहरुको बाहिरी सुन्दरताको कारणले पराउनुहुन्छ । तर, त्यस्तो अवस्थामा उसँग प्रेममा परेको भ्रम तपाईंमा पर्न सक्छ, जुन यथार्थ हुँदैन ।

कुनै पनि सम्बन्ध निभाउन सजिलो हुँदैन । हरेक सम्बन्धमा नराम्रो समय आउँछ । तर, तपाईं समस्यालाई कसरी सुल्झाउनुहुन्छ भन्ने महत्वपूर्ण कुरा हो । यदि तपाईं सच्चा सम्बन्धमा हुनुहुन्छ र एक-अर्कालाई प्रेम गर्नुहुन्छ भने सम्बन्धको वास्तविक पक्षको बारेमा सोच्नुहुन्छ ।

यदि तपाईंलाई आफ्नो पार्टनरले पनि सम्बन्धलाई भित्रैदेखि नसोचेको जस्तो लाग्छ भने त्यो सम्बन्धमा आफ्नो समय र प्रेम लगानी नगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!