‘भर्जिन’ के हो ?

ByBibas chetan

२ बैशाख २०७६, सोमबार २०:२८ २ बैशाख २०७६, सोमबार २०:२८ २ बैशाख २०७६, सोमबार २०:२८

अंग्रेजी शब्द ‘भर्जिन’लाई कौमर्यताको अर्थमा बुझ्ने गरिन्छ। तर कहिलेदेखि यौ*नसम्पर्क नगरेकालाई ‘भर्जिन’ भनिन थालियो भन्ने बारेमा रोचक प्रसंग रहेको छ।

‘भर्जिन’ शब्दको शाब्दिक अर्थ ‘शुद्ध’ हो। अर्थात् शत-पतिशत शुद्ध, बिना कुनै मिसावट, पवन र पवित्र । यसका अतिरिक्त ‘भर्जिन’ शब्दको प्रयोग अधिकतर इसाई धर्मसँग जोडिएको पाइन्छ । चर्चका पादरीहरूको लेखनमा यस शब्दको भरपुर प्रयोग भएको भेटिन्छ ।

उहिले ‘भर्जिन’ शब्दको सम्बन्ध कुनै केटीको धार्मिक मान्यतासँग जोडिने योग्यताको रूपमा पनि हेर्ने गरिन्थ्यो । अर्थात् कुनै केटी चर्चसँग जोडिएको खण्डमा उसका लागि यो शब्दको प्रयोग हुने गर्दथ्यो ।

अंग्रेजी भाषाका प्रचलित शब्दकोशहरूमा ‘भर्जिन’ स्शाब्द्का लामा लामा परिभाषाहरू भेटिन्छन् । अक्सफोर्ड डिक्सनरीमा मात्रै ‘भर्जिन’ शब्दका १८ वटा परिभाषा रहेका छन् ।

११ हजार ‘भर्जिन’हरूको नरसंहार

चौथो-पाँचौं शताब्दीतिरको एउटा घट्ना छ जसलाई भर्जिन शब्दसँग जोडेर हेरिन्छ । ब्रिटेनको दक्षिण-पश्चिम क्षेत्रका एक राजाकी अर्सुला नाम गरेकी छोरी थिइन् । उनी आफ्ना पिताको आग्रहमा एक जना मुर्तिपूजक गभर्नर कोन्यान मेरिओडोकसँग विवाह गर्न राजी भइन् ।

उनी ११ हजार कुमारीहरूसँग पानी जहाजमा आफ्ना हुनेवाला पतिलाई भेट्न गइरहेकी थिइन् । यात्राको बिचमा समुद्री आँधी आएपछि उनले पहिले रोम गएर पोपलाई भेट्ने निश्चय गरिन् ।

तर उनको यात्राको बीचमै उनको समूहमाथि हंस नाम गरेका घुमन्ते जतिको आक्रमण भयो र अर्सुला लगायत सबै ११ हजार कुमारीहरू मारिए । पछि अर्सुलालाई सन्त घोषणा गरियो ।

क्रिस्टोफर कोलंबसले सन्त अर्सुलाकै सम्मानमा एउटा समुद्री द्वीप समूहको नाम नै भर्जिन आइल्यान्ड्स राखे । एटलान्टिक महासागर र क्यारेबियन सागरबीचको यस द्वीप समूहलाई ब्रिटेनमा ‘भर्जिन आइल्याण्ड’ भनिन्छ भने अमेरिकामा ‘भर्जिन आइल्यान्ड्स अफ् युनाइटेड स्टेट्स भन्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!