खुलिरहन्छ अश्लिल साइट

ByBibas chetan

८ जेष्ठ २०७६, बुधबार २०:३२ ८ जेष्ठ २०७६, बुधबार २०:३२ ८ जेष्ठ २०७६, बुधबार २०:३२

बलत्कार घटनामा अश्लिल फिल्मको कति प्रभाव रहन्छ ? बलत्कारको घटना न्युनिरकण गर्न अश्लिल फिल्म बन्द गर्ने र नगर्ने विषयमा सामाजिक सञ्जालमा बहस भईरहेको बेला नेपाल सरकारले सबै अश्लिल पोर्न साईटहरु बन्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको ६ महिना बढी भएको छ ।
नेपालमा पछिल्लो समय बलत्कारका समाचार दैनिक जसो आउन थालेको छ । समाचार नै आधार मान्ने हो भने बलत्कार बढेको देखाउछ । तर केहीको विश्लेषण भने सचेत भएको हुदा बाहिर आएको मात्र हो, बढेको होईन भन्नेहरु पनि छन् । नोपल सरकारले पोर्न साईटहरु बन्द गर्न निर्देशन दिएपछि पनि समाचार आईरहे ।
कन्चनपुरमा निर्मला पन्तको बलत्कारपछि हत्या भएपछि बलत्कारको घटनाले सडकदेखि सदनसम्म तातियो । त्यसपछि सामाजिक सञ्जालमा वहस सुरु भयो, पोर्न साईट बन्द गर्नुपर्छ भनेर । सामाजिक सञ्जलकबाट आएको विषयले ठुलै स्थान पाएर छलफल चलेपछि नेपाल सरकारले गत असोजमा नेपालमा कुनैपनि पोर्न साईट खुल्न नदिने गरि ईन्टरनेट सेवा प्रदायक ( आइएसपी ), नेटवर्क सेवा प्रदायक ( एनएसपी ) र भ्वाइस सेवा प्रदायक ( भीओआइपी ) लाई व्यवस्था गर्न निर्देशन दिएको थियो ।
नेपाल सरकारको निर्देशन अनुसार सबैजसो आइएसपी, एनएसपी र भीओआईपीले निर्देशन पालना गरेको बताएको पनि आधावर्ष पुरा भएको छ । तर अहिले नेपालमा सबै ईन्टरनेट प्रदायक संस्थाहरु नेपाल सरकारले दिएको निर्देशनको दायरामा नआएको पाईएको छ । अहिले सजिलै केही पोर्न साईटहरु खुल्छन् । नेपालमा अर्धसरकारी, संस्थान, निजी गरि धेरै ईन्टरनेट प्रदायकले ईन्टरनेटको पहुँच विस्तार तथा सेवा प्रभाह गरिरहेको छ ।
वेबसाईटहरुको वर्गिकरण रेर्कड राख्ने एलेक्साका अनुसार नेपालमा खोजिने ५० वटा वेबसाईटभित्र अझैपनि पोर्न साईटअरु रहेकोले यसलाई सबैभन्दा बढि खोजीको विषय हो भन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!