दिमाग बढाउन यसो गर्नुस्

ByBibas chetan

२१ भाद्र २०७६, शनिबार १३:५४ २१ भाद्र २०७६, शनिबार १३:५४ २१ भाद्र २०७६, शनिबार १३:५४

विधिको बढ्दो प्रयोगले हाम्रो बुद्धिलाई अस्वस्थ बनाउँदै आएको छ । सानोदेखि ठूलो कुराहरुलाई सम्झिनसमेत हामी प्रविधिमा निर्भर छौं । हामीले आफ्नो दिमागलाई प्रयोग गर्न नै बन्द गरिदिएका छौं । यसको सिधा असर स्मृतिमा परिहेको छ । तार्किक क्षमता र दिमागी उल्झनबाट बाँच्नका लागि स्मृतिको क्षमता कमजोर बन्दै गएको छ । सामान्य तरिकालाई मात्रै प्रयोग गर्न सकियो भने स्मृतिलाई बढाउन सकिन्छ ।
केही नयाँ गर्नुहोस्
बुद्धि बढाउनकोलागि परम्परागत तरिकालाई छोडेर नयाँ तरिका अपनाउनुहोस् । यी नयाँ तरिकाले तपाईंको स्मृति क्षमता बढाउनको लागि उपयोगी हुन्छ । हामी जब नयाँ गर्न खोज्छौं, हामीलाई याद हुन्छ । हामीले खानामा नयाँ प्रयोग गर्नुपर्छ, त्यस्तै नियमित व्यायामका नयाँ तरिका अपनाउनुहोस् । आफ्नो सामान्य दिनचर्यामा पनि परिवर्तन गर्नुहोस् ।
नियमित व्यायाम
शरीरलाई फिट गर्ने र स्मृति क्षमतालाई बढाउन चाहानुहुन्छ भने व्यायामको दिनचर्यालाई निरन्तरता दिनुहोस् । हप्तामा कम्तिमा ५–६ दिनसम्म व्यायाम गर्दा दिमागी कार्यक्षमता बढ्ने गर्छ । व्यायाम गर्दा दिमागमा पनि रक्तसञ्चार अत्याधिक मात्रामा हुनेगर्छ । दिमागको कोषहरु पनि निकै सक्रिय हुन्छन् ।
दिमागी कसरत गर्नुहोस्
आफ्नो दिमाग बढाउनको लागि दिमागी कसरत अनिवार्य गर्नुहोस् । आफ्नो मोबाइलमा जरुरी नम्बरलाई सुरक्षित गर्नुको सट्टा त्यसलाई सम्झीने कोशिष गर्ने कोशिस गर्नुहोस् । एकपटक नम्बर सम्झेपछि एक हप्तापछि फेरि नम्बर याद गर्नुहोस् । यसले बुद्धि बढ्छ । सम्झेका कुरालाई कम्प्युटर वा मोबाइलमा नोट नगर्न कोशिस गर्नुहोस् ।
उत्सुकताको जरुरी
सबै कुराहरुलाई सामान्य तरिकाले लिनेमात्रै होइन उत्सुकतापूर्वक लिनुहोस् । नयाँ विचारको बारेमा जान्नका लागि सधैँ उत्सुक रहनुहोस् । नयाँ स्थानमा जानका लागि सधैँ उत्साहका साथ स्वीकार गर्नुहोस् ।
सकारात्मक सोच राख्नुहोस्
मस्तिष्क क्षमता बढाउनको लागि सकारात्मक सोच हुन जरुरी छ । सकारात्मक सोच भएमा खिन्नता र तनाव हुने संभावना कम हुन्छ । त्यस्तै तपाईंको दिमाग निकै सक्रिय हुन्छ । तनावका कारण दिमागको कार्यक्षमता कम हुन्छ । त्यसैले तनाव दिमागका लागि ठूलो दूश्मन हो । त्यसैले सकारात्मक सोच राखेर तनावबाट बाँच्ने कोशिष गर्नुहोस् ।
स्वस्थ आहार
अन्य चिज जस्तै दिमागलाई स्वस्थ राख्नका लागि स्वस्थ आहार निकै जरुरी छ । हामी जे खान्छौं त्यसले हाम्रो दिमागी कार्यक्षमतामा ठूलो असर गर्छ । त्यसैले स्वस्थ र पौष्टिक आहार खानुहोस् । खानामा ताजा फलफूल र हरियो सागसब्जी खानुहोस् ।
किताब पढ्नुहोस्
किताब हाम्रो दिमागको सबैभन्दा मिल्ने साथी हो । किताब पढ्दा दिमागी कसरत हुने गर्छ र यसले बुद्धि बढाउन निकै सहयोग गर्छ । त्यस्तै कयौं सोधमा समेत यो कुरा सावित भइसकेको छ कि तनाव र खिन्नतासमेत दूर भाग्ने गर्छ । किताब पढ्दा हाम्रो तार्किक क्षमता र सोच्ने क्षमता समेत बढेर जान्छ ।
निन्द्रा पुगुञ्जेल सुत्नुहोस्
भरपुर सुत्नाले कयौं प्रकारको स्वास्थ्य समस्या हटेर जान्छन् । भरपुर सुत्नाले दिमागलाई आराम मिल्छ । यसले दिमागको कोशिकाहरु निकै सक्रिय हुने गर्छन् । त्यसैले कमसेकम ७–देखि ९ घण्टा सुत्नु जरुरी छ ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!