१. हरेक चीजभन्दा अगाडि बढेर आफ्नो जीवनको नायिका बन, शिकार होइन । -नोरा एफ्रेन
२. सत्य, इमान्दार र उर्जावान महिलालाई जित्न एउटा भीडले पनि सय वर्ष लगाउँदछ । -स्वामी विवेकानन्द
३. मैले कुनै पनि समुदायको प्रगतीलाई महिलाले गरेको प्रगतिसँग मापन गर्दछु । -बाबा साहेब आम्बेडकर
४. महिला समाजकी राम्री शिल्पकार हुन्छिन् । -चेर
५. कुनै पनि देश सुखको शिखरमा तब सम्म पुग्न सक्दैन जबसम्म उसले महिलासँग काँधमा काँध मिलाएर हिँड्न सक्दैन । -मोहम्मद अली जिन्ना
६. पुरुष आफ्नो भाग्य नियन्त्रित गर्दैन तर उसको जीवनमा आएकी महिलाले आफ्नो गुणद्वारा उसको भाग्य निर्माण गरिदिन्छिन् । -कार्ल मार्क्स
७. हामी प्राचीन भारतवर्षका नारीहरुलाई आदर्श मानेर नै नारीको उत्थान र सशक्तिकरण गर्न सक्दछौँ ।-स्वामी विवेकानन्द
८. एक पुरुषलाई पढायौ भने एक व्यक्ति मात्र शिक्षित बन्दछ, तर एक स्त्रीलाई पढायौ भने सिङ्गो परिवार नै शिक्षित बन्दछ । -महात्मा गान्धी
९. एक रानीको जसरी सोच, रानी असफलताबाट डराउँदिनन् किनभने असफलता नै सफलताको एक सिंढी हो । -ओपरा विनफ्रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!