चाचालुङमा पर्यटक आउने पाँच विकल्प

ByBibas chetan

१२ मंसिर २०७५, बुधबार १५:५७ १२ मंसिर २०७५, बुधबार १५:५७ १२ मंसिर २०७५, बुधबार १५:५७

विवश कुलुङ
सोलुखुम्बुको एउटा सानो गाउँ हो चाचालुङ । चाचालुङ कुलुङ भाषाको चोचोप्पा लुङबाट अपभ्रँश भएर आएको हो । चाचालुङको आफ्नो छुट्र्ट पहिचान र विशेषता रहेको छ । यहाँ ढुङ्गा नै ढुङ्गाको खानी लगायत धेरै ऐतिहासिक सम्पतिहरु रहेको छ । चाचालुङ एक पर्यटकिय गन्तव्य बन्न सक्छ । तर जसको लागि विभिन्न सकृयता तथा व्यवस्थापनको काम गर्न सक्नुपर्दछ ।
१. थोकोपैस
थोकोपैस एक झरना हो । जहा वाह्रै महिना पानी सुक्दैन । धेरै अग्लो अनुमानित १ सय ३०/३५ मिटर अग्लो भएकोले हिउदमा पानी वगेपनि टाढाबाट देखिदैन । त्यसैले अवको आवश्यकता भनेको थोकोपैसमा पानीको संरक्षण, प्रचारप्रसार गर्नसकेमा राम्रो हुन्छ ।
२. ललदुम योङ
चाचालुङको सिरानमा एउटा ऐतिहासिक ठाउँ छ । जसलाई स्थानीयहरुले ललदुम योङ बनेर चिन्ने गरेको भएपनि ऐतिहासिक सम्पदाको न त प्रचारप्रसार न त संरक्षण ? त्यसैले संरक्षण र प्रचारप्रसार गर्नसकेमा पर्यटन प्रर्वद्धन हुने सम्भावना छ ।
३. खानी
चाचालुङमा ढुङ्गा र खरि ढुङ्गाको खानी रहेको हुदा उत्खनन गर्न सकेमा स्थानीय युवाहरुले गाउँ मै रोजगार पाउने निस्चित छ । प्रकृतिक सम्पदाको धनी सानो गाउमा खानीको नाममा खरि र ढुङा पाईने हुदा त्यसतर्फ ध्यान दिनसकेमा राम्रो हुने देखिन्छ ।
४. पेल्म
रक क्लाइम्विङको प्रवल सम्भावना बोकेको पेल्म पनि ओझेलमा रहेको छ । प्रचार पसार गर्न सकेमा त्यहा रक क्लाइम्विङको लागि राम्रो हुनुका साथै उउटा साहसिक पर्यटनको गन्तव्य पनि बन्ने निस्चित रहेको छ ।
५. छाना र होम स्टे
चाचालुङमा दुई सय ५० हाराहारी घर छन् । त्यहा करिव १९० घरको छाना जस्ताको छ । पहिले पहिले चित्राको छाना भएपनि वनजंगलको विनासँगै मालिङो र सिँगाने पाउने सहज नभएको छाना जस्ताको लाउनुपर्ने लहर चल्दै गर्दा चार घरबाहेक सबै घरको छाना निलो रङको भएकोले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने देखिएको छ । यसलाई थप व्यवस्थित गर्दै होम स्टेको व्यवस्था गर्न सकेमा पर्यटक भित्र्याउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!