‘तपाई गर्भवती भए /नभएको’ भ्यागुतोले पत्ता लगाउछ

ByBibas chetan

१५ जेष्ठ २०७६, बुधबार ०९:५५ १५ जेष्ठ २०७६, बुधबार ०९:५५ १५ जेष्ठ २०७६, बुधबार ०९:५५

जेनोपस भनिने यो अफ्रिकी भ्यागुतो सब सहारा क्षेत्रको पानीमा दशौं लाख वर्षदेखि पाइन्थ्यो। सन् १९३० को एक दिन एकजना ब्रिटिश वैज्ञानिकले त्यसमा पिसाबको सुई दिने निर्णय गरे।

ल्यान्सलट हगबेन एकजना जनावर विज्ञ थिए। उनी जनावरहरूमा विभिन्न वस्तुहरू खासगरि हर्मोनको सुइ लगाउने रुची थियो। त्यसरी सुई हाल्दा ती जनावरले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने हेर्नु उनको ध्येय थियो।

यस्तै परीक्षण गर्ने क्रममा उनले गर्भवती भएका बेला उत्पन्न हुने हर्मोनले यी शान्त जनावरमा तत्काल फुल पार्ने अवस्था उत्पन्न गर्ने पत्ता लगाएको बीबीसीमा समाचार छ।

यो परीक्षण यति सही थियो कि दुई दशकसम्म यस्ता दशौं हजार भ्यागुताहरूमा पिसाबको सुई लगाइयो । मरिन सीमन्सले सन् १९६० मा यस्तो जेनोपस गर्भ परीक्षण गरेको सम्झन्छिन्।

उनले भनिन्, ‘मलाई अझ पनि सम्झना छ, कम्तिमा दुईपटक सेतो कोट लगाएका डाक्टर आएर सन्तोष प्रकट गर्दै ‘तिमी गर्भवती थियौ-भ्यागुताहरूले अण्डा पारेका थिए,भनेका थिए।’

जेनोपस परीक्षण आम सर्वसाधारणका लागि उपलब्ध थिएन। तिनलाई सङ्कटग्रस्त अवस्थाहरू जस्तो की ट्युमर बढेका कारण प्रभावित पेटको बच्चाबारे थाहा पाउने जस्ता अवस्थाका लागि छुट्याएर राखिन्थ्यो।

मरिनको दुई बच्चा खेर गएका थिए र भ्यागुताहरूका कारण त्यो थाहा पाउन सकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!