झोलामा कार्यालयदेखि एउटै वडाको दुईवटा कार्यालयसम्म

ByBibas chetan

२८ माघ २०७५, सोमबार १९:०० २८ माघ २०७५, सोमबार १९:०० २८ माघ २०७५, सोमबार १९:००

सोलुखुम्बु, माघ २८ गते । गाउँपालिकाको वडा कार्यालयमा वार्षिक रुपमा उस्तै उस्तै बजेट विनियोजन हुन्छ । तर सोलुखुम्बुको एउटा वडाले दुई स्थानमा आफ्नै भवन बनाई सेवा प्रवाह गरिरहेको छ भने एउटा वडाले भने भाडामा समेत वडा कार्यालय स्थापना गर्न सकेको छैन् ।
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ५ काँकुको वडा कार्यालय नहुदा जहाँ वडाध्यक्ष पुग्नुहुन्छ त्यहाँबाट नै सेवा दिदै आउनु भएको छ । कार्यालय कहा राख्ने भनेर अन्योलता अझै कायम रहेकोेले कायौलय राख्न नसकिएको वडाध्यक्ष निमराज तामाङले बताउनु भयो ।सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ५ काँकुमा वडा कार्यालय नहुदा जनप्रतिनिधिले झोलाबाट नागरिक सेवा प्रवाह गर्दै आएका छन् । नागरिकले पुरानै समस्या भोग्दै आएका छन् ।
नागरिकले वडाको सिफारिस चाहे सदरमुकाम सल्लेरी धाउनुपर्ने बाध्यता रहेको छ । वडाअध्यक्ष निमराज तामाङ आधाउधि समय सल्लेरी बस्ने र तामाङको अनुपस्थितीमा कार्यवहाकको जिम्मेवारी पाउने वडासदस्य विमला राईले सल्लेरीमा होटल गर्ने भएकाले नागरिकहरु सल्लेरीमै धाउनुपरेको गुनासो गर्दै आएका छन् ।
बोक्दुका तेन्जी शेर्पाले नयाँ संरचना आएको कुनै सुविधा महसुस नभएको बताउनुभयो–‘पहिले पनि हामी सल्लेरी नै पुग्थ्यौ, अहिले पनि सिफारिस लगायतका कामकाजका लागि सल्लेरी नै पुग्नुपर्छ ।’ संघीयताको मर्म अनुसारको सुविधा लिन नपाएको बताउनुभयो ।
वडा कार्यालय कहाँ स्थापना गर्ने भन्ने विषय नै अन्यौलमा परेको छ । मोरल र बुर्दिम मध्ये कहाँ राख्ने भन्ने बारे अन्यौलभएकै कारण पनि वडा कार्यालय स्थापनामा समस्या भएको बुझ्न सकिन्छ । नागरिकको दुखमा जनप्रतिनिधि गम्भिर नभएको डिक्स्वोर राईले आरोप छ । यद्यपी वडा अध्यक्ष निमराज तामाङले नागरिककै छलफलबाट स्थायी कार्यालयको स्थान तोकेपछि मात्र कार्यालय स्थापना गर्ने सोचले अघि बढेको बताउनुभयो–‘छलफल चलिरहेकै छ । छिट्टै निकास निकाल्छौ ।’ अध्यक्ष तामाङले सबैसंग समन्वय गरेर छिटै टुंगोमा पुग्ने बताउनुभएको छ ।
यता सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ नम्बर वडा कार्यालयले जिल्ला मै पहिलो पटक हरेक टोलबाट सेवा सुरु गरेको छ । पेल्माङ र बुङ टोल गरि दुईवटा छुट्टाछुट्टै टोल रहेको कार्यालयले आफ्नै भवन बनाई दुवै स्थानबाट सेवा सुरु गरेको हो ।
बुङका ११ लाख लागतमा निर्मााण सम्पन्न गरि बुङका सेवाग्राहीहरुलाई बुङटोलबाट नै सेवा प्रवाह गरिरहेको महाकुलुङ गाउँपालिका २ का वडाध्यक्ष प्रदिप राईले बताउनु भयो । यस्तै पेल्माङमा पनि २९ लाखको लागतमा भवन निर्माण गरि त्यहाबाट पनि सेवा प्रवाह गरिरहेको वडाध्यक्ष राईले बताउनु भयो । भौगोलिक विकटतालाई मध्यनजर गर्दै दुवै स्थानमा आफ्नै भवन बनाई सेवा प्रवाह गरिरहेको वडाध्यक्ष राईको भनाई छ ।
वडाकार्यालयले दुईस्थानबाट सेवा प्रवाह गरेपछि स्थानीयहरुलाई सजह भएको स्थानीय बताउछन् । बुङका स्थानीयहरुले बुङबाट तथा पेलङका स्थानीयले पेल्माङबाट सेवा प्रवाह गरेपछि स्थानीयहरु सेवा लिनको घरपायक भएकोले सहज भएको हो । भौगोलिक रुपमा विकट स्थानमा रहेको उक्त वडामा भवन दुई स्थानमा नबनेको भए सेवा दिनका लागि दुईघण्टासम्म लाग्नेभएपनि अहिले कार्यालयको सेवा प्रवाह दुई स्थानमा रहेकोले सहज बनेको स्थानीय बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!