१.एरिएना हफिङटन ३६ वटा प्रकाशकबाट अस्विकृत भएकी थिइन्
यो कुरा विश्वास गर्न गाह्रो हुन्छ कि अनलाईन प्रकाशनमा अहिले सबैभन्दा प्रख्यात नाम कुनै बेला तीन दर्जन मुख्य प्रकाशकहरुबाट अस्विकृत भएकी थिइन् । उनको दोस्रो पुस्तक जसलाई उनले हफिङटनपोस्ट जस्तो सबैले चिन्ने साम्राज्य खडा गर्नु भन्दा धेरै अघि देखि नै प्रकाशन गर्न खोजेकी थिइन् तर उनी ३६ पटक अस्विकृत भएकी थिइन त्यसपछि मात्रै उक्त पुस्तक छापिएको थियो । त्यसै गरी हफिङटन पोस्ट पनि सुरुमा सफल भएको थिएन । यो सार्वजनिक भएको समयमा यसले धेरै नकरात्मक टिप्पणीहरु पाएको थियो । तर, एरिएनाले ति सबै असफलतालाई चिर्दै हफिङ्टनलाई अगाडि बढाइन र अहिले यसको नाम सबैभन्दा सफल मध्येको एक अनलाइन आउटलेटको रुपमा चिनिन्छ ।
२.बिल गेट्सको पहिलो कम्पनी टुक्राटुक्रा भएको थियो
बिल गेट्स अहिले विश्वकै धनी व्यक्तिमध्ये मानिन्छन् तर उनले यो सफलता सजिलोसँग प्राप्त गरेका होइनन् । गेट्स सुरुमा उद्यमीको रुपमा ट्य्राफ–ओ–डाटा नामको कम्पनी खोलेका थिए जसले डाटा प्रशोधन र विश्लेषण गर्ने लक्ष्य लिएको थियो । उनले आफ्नो बिजनेस पार्टनर पउल एलेनसँग आफ्नो आइडिया बेच्ने प्रयास गरेका थिए तर यो पनि काम लागेन । यो धेरै नै ठूुलो असफलता थियो । तर यी असफलताले बिल गेट्सलाई नयाँनयाँ अवसरहरुको खोजीमा लाग्नबाट पछाडि धकेलेन र केही वर्षपछि नै उनले पहिलो माइक्रोसफ्ट प्रोडक्ट ल्याए र सफलताको बाटो पहिल्याए ।
३.जर्ज स्टेनब्रेनरले एक टिमलाई नै टाट बनाए
स्टेनब्रेनर ले न्यू योर्क यान्किजको मालिकको पहिचान बनाउन अघि नै उनी सन् १९६० माअर्के एक सानो बास्केटबल टिमको मालिकथिएजसको नाम क्लेभल्यान्ड पाइपर्स थियो । तर, स्टेनब्रेनरकै बुद्धिमा लागेर उक्तफ्रेन्चाइजी नै टाट पल्टियो ।
यो असफलताको कारणले नै स्टेनब्रेनरलाई सन् १९७० को दशकमा यान्किजको मालिक हुने बाटो कोर्यो । यो टिमले पनि ८०–९० को दशकमा धेरै नै असफलता र हन्डर खाइरह्यो । धेरैले उनलाई गाली र आलोचना गर्न थाले तर पनि उनले हरेस खाएनन् उनी आफ्नो दृढ निश्चयको साथमा उनले आफ्नो टिमको आश्चर्यजनक कम ब्याक गर्न सफल भए ।
अन्तत यो क्लबले सन् १९९६ र २००३ को बिचमा ६ पटक विश्वसिरिज जित्न सफल भयो । मेजर बेसबल लिगमा सबैभन्दा धेरै नाफा कमाउने कम्पनीको नाममा चिनिन सफल भयो ।
४.वाल्ट डिज्नेलाई भनिएको थियो सिर्जनात्मकता छैन
बिसौं शताब्दीको एक सबैभन्दा सिर्जनसिल प्रतिभा मानिने डिज्नेलाई एक अखबारले सिर्जनसिल नभएको आरोपमा निकालेको थियो । त्यसपछि डिज्नेले आफ्नो पहिलो एनिमेसन कम्पनी स्थापना गरे जसको नाम लाफ–ओ–ग्राम फिल्म्स थियो ।
उनले उक्त कम्पनीको लागि १५ हजार डलर खोजेर लगानी गरे तर यो कम्पनीको प्रमुख वितरक पार्टनर बन्द भएकोले यो कम्पनी पनि बन्द हुनपुग्यो । पैसा पनि सकियो र एकपछि अर्को असफलताले उनलाई धेरैले आलोचना गर्न थाले तर पनि उनले हिम्मत हारेनन् र हलिउडमा पाइला राखे र अन्त्यमा उनका फिल्महरु लोकप्रिय हुनथाले ।
५.स्टिभ जब्सलाई एप्पलबाट हटाइएको थियो
स्टिभजब्स एक प्रभावकारी उद्यमी हुन् किनभने उनी नविन सिर्जनाहरुको कारणले चिनिन्छन् तर उनले पनि धेरै ठूलो असफलतालाई चिरेर आएका थिए । २० वर्षको उमेरमै उनले एप्पल कम्पनीको स्थापना गरेका थिए तर जब उनी ३० वर्षको थिए एप्पलका बोर्ड अफ डाइरेक्टरले उनलाई बर्खास्त गरेको थियो ।
आफ्नो असफलताबाट समेत नआत्तिएका जब्सले नयाँ कम्पनी नेक्स्ट खोलेर अघि बढे पछि अन्त्यमा एप्पलले यो कम्पनी किन्यो र जब्स फेरि एप्पलमै फर्किए । एप्पल फर्किएपछि जब्सले आफ्नो क्षमता प्रमाणित गरिदिए र नयाँनयाँ सोचको प्रोडक्ट ल्याएर एप्पल कम्पनी र त्यसको ब्रान्डलाई नयाँ उचाइमा पुर्याए ।
६.मिल्टन हेर्सेको हेर्सेज कम्पनी अघि नै तीन कम्पनीहरु घाटामा गएका थिए
हेर्सेज चकलेटको बारेमा थाहा नहुने कमैमात्र मानिसहरु होलान् । तर, जब मिल्टन हेर्सेले पहिले क्यान्डी उत्पादन सुरु गरेका थिए उनको पहिचान बनेको थिएन ।उनलाई एक प्रिन्टरमा प्रशिक्षार्थीको रुपमा काम गर्दैगर्दा निकालिएपछि उनले छु्ट्टाछुट्टै तीन क्यान्डी कम्पनी सुरु गरे तर ति सबै असफल भए ।
अन्तिम प्रयासको रुपमा उनले ल्यानकास्टर क्यारामेल कम्पनी सुरु गरे र त्यसले राम्रो प्रतिफल दिनथाल्यो । त्यसपछि उनले मिल्क चकलेट र बजारमा ल्याएयो पनि सबैले मन पराएर पछि हेर्से कम्पनी सुरु गरे अनिमात्रै उनी चकलेटको उद्योगमा चर्चित नाम बन्न पुगे । यी कथाहरुबाट तपाईले पनि प्रेरणा पाउन सक्नुहुनेछ र यदी तपाईले असफलता पाउनुभयो भने पनि आत्तिनु हुँदैन । बरु आफ्नो गल्तिहरुबाट पाठ सिक्नुहोस, कमजोरी र असफलता स्विकार्नुहोस् । तर आफ्नो लक्ष्य र सपना प्राप्त गर्नको लागि हरदम प्रयास गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!