जब कुनै वस्तु प्रयोग गरेपछी, त्यसलाई प्रसोधन गरिन्छ I यदि प्रसोधन पछी त्यस वस्तुको मुल्य झन बढ्छ भने त्यसलाई अपसाइकल भनिन्छ I जस्तै : सधैं तरकारी बोक्ने गरेको झोला फाट्यो I अब त्यो झोलालाई फोटो फ्रेम बनाएर उच्च मुल्यमा बिक्रि गरियो भने यो अपसाइकल भयो I
त्यस्तै, यदि हामीले प्रयोग गरेका कपडालाई पेलेर कपास बनाईन्छ भने प्रसोधन गर्दा त्यसको मुल्य घट्छ I यस प्रविधिलाई भने डाउन साइकल हो I
यो कथा हो – अपसाइकल प्रविधि को I अपसाइकल नेपालको कथा I
हामी एउटा नयाँ लुगा / कपडा जति उत्साहित भएर लगाउँछौ त्यही कपडा पुरानो हुँदै गएपछी लगाउनका लागि मात्र लगाउन थाल्छौ I फेरी केही समय पछि त्यसलाई मिल्काइदिन्छौं या फाल्दिन्छौ I हामीले त्यसरी फालेको लुगाको उचित व्यपस्थापन नहुँदा त्यसले हाम्रो वातावरणलाई मात्र कति असर गरिरहेको छ ? जसको हामी अनुमानसम्म गर्न सक्दैनौं I हाम्रो वातावरण आज जति प्रदूषित छ त्यसको कारक मध्य एक यस्तै पुराना लुगाको उचित व्यवस्थापन नहुनु पनि हो I तर चाहे र गरे के हुँदैन र ? हो, यही समस्याको विकल्प बनेर ‘अपसाइकल नेपालले’ यस्तै पुराना लुगा / कपडाको व्यवस्थापन कसरी गर्न सकिन्छ त ? भनेर अध्ययन मात्र गरेको छैन I यसमा व्यवसायिक सम्भावना खोज्दै काम गरिरहेको छ I
अपसाइकल नेपालकि संस्थापक पुष्पा स्थापितका अनुसार; “हामीले लगाउन नमिलेर अथवा खेर गएका जति पनि लुगा फालिरहेका हुन्छौं या थान्काई रहेका हुन्छौं I त्यस्ता लुगालाई हामीले नयाँ जीवन दिने काम गर्छौं I त्यस्ता लुगाहरूलाई हामी फरक-फरक किसिमका उत्पादन बनाउने काम गर्छौ I जस्तो हाल ‘ल्यापटप कभर, क्यामेरा ब्याग लगायत उत्पादन गरिरहेका छौँ I जसले गर्दा वातावरणमा गएर त्यस्ता लुगा / कपडाले प्रदूषण हुँदैन I”
आज भन्दा करिब एक वर्ष अघिको मात्र कुरा हो I एम.बि.ए. को अध्यन गरी रहेकी पुष्पा कलेजको एक प्रोजेक्टका क्रममा अपसाइकलसँग सम्बन्धित सम्भावना देख्छिन् I आफ्नै कोठामा त्यत्तिकै थन्किरहेका लुगा जुन लुगा अब कुनै प्रयोजनका निम्ति आउन सक्दैनन् I त्यस्ता प्रकारका लुगालाई किन पूर्ण प्रयोगमा नल्याउने भनेर बिचार गरिन् I
पढेर जागिर खाने या विदेश जाने चाह भन्दा पनि आफै केही व्यवसाय गर्ने लक्ष्य उनको थियो I तर “के गर्ने ? , कसरी गर्ने ? र एउटा कम्पनी आफै चलाउने म को हुँ ?” यस्तै-यस्तै कुरामा रोमल्लि रहेकी पुष्पाका निम्ति सम्भावना र अवसर बनेर अपसाइकलको सोच आयो I अब बेकार तथा खेर गएका त्यस्ता कपडाको प्रयोग द्वारा आकर्षक ल्यापटप, क्यामरा ब्याग जस्ता दैनिक जीवनका निम्ति उपभोग्य बस्तु उत्पादन गर्न थालिन I
सुरुका दिनहरूमा त आफ्ना उत्पादनलाई ग्राहक तथा मानिसहरूले सकारात्मक रूपमा नबुझ्दा पुष्पालाई नरमाइलो पनि लाग्यो I यद्यपि सकारात्मक कामलाई ढिलो चाँडो हर-कोहिले बुझ्ने मात्र हैन स्वीकार पनि गर्छ I पुष्पाको सवालमा पनि यही चुनौतीको सामना गर्नु पर्यो I सँगै कच्चा पदार्थ, बजार व्यवस्थापन लगायत कुरामा पनि निकै समस्याको सामना गर्नु पर्यो I स्वभाविक पनि हो I एउटा पूर्ण नयाँ तथा फरक प्रकृतिको कामलाई स्थापित गर्न सहज भने पक्कै पनि हुँदैन I
पुष्पाका अनुसार,
“सबैभन्दा पहिला त हाम्रो वातावरण प्रदूषण भनेको प्रमुख समस्या हो I नेपालको सवालमा मात्र नभएर यो संसार कै आज प्रमुख चुनौतीको रूपमा अगाडी आएको विषय हो I सृजनात्मक रूपले वातावरण प्रदूषणलाई नियन्त्रण गर्ने हाम्रो लक्ष्य हो I जसरी नै काम गरी रकेका छौँ I बिस्तारै मान्छेहरूले हाम्रो उत्पादनलाई स्विकार्न मात्र नभएर हाम्रो उत्पादन जसले खरिद गरेर त्यसलाई प्रयोग गर्नु भएको छ I ग्राहक वर्गको सकारात्मक प्रतिक्रियाका कारण हामी निक्कै उत्साहित छौँ र त्यसबाट आफ्नो काम प्रति क्रियाशील बन्ने प्रेरणा समेत मिलेको छ I
धेरै जसो कलेजका विद्यार्थी साथीहरूले हाम्रो उत्पादन लिनु हुन्छ त्यसले पनि मलाई निकै खुसी र ऊर्जा प्राप्त हुन्छ I मलाईं सबैभन्दा खुसी त कति खेर मिल्छ भने जब एकजनाले हाम्रो उत्पादन खरिद गर्नु हुन्छ र पूर्ण उहाँ दोहोर्याएर खरिद गर्न आउनु हुन्छ त्यसले चाहिँ आफूले सही बाटो रोजेको महसुस हुन्छ I अझै कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा सोच्न बाध्य बनाउँछ I यसैले सन्तुष्टि पनि दिन्छ I
मलाई के लाग्छ भने केही गर्नका निम्ति सबैभन्दा पहिला त साहस नै चाहिन्छ I चुनौतीलाई सामना गर्न सक्ने साहस आवश्यक छ I डराएर र केही हुने वाला छैन I उद्यमशीलतालाई अझै पनि नेपालमा सहज वातावरण त छैन I तर विस्तार यो अवस्था सुधरिदै छ I परिवर्तन हुँदै छ I सकारात्मक सोच र मेहनत चाहिँ महत्त्वपूर्ण छ I सफलताको महत्त्वपूर्ण आधार पनि यही हो I”
जो युवा यहाँ अवसर नदेखेर विदेश जान चाहन्छन् त्यस्ता युवाका निम्ति पुष्पाको सुझाव कस्तो छ त ?
म बाहिर वा विदेश जानुलाई नराम्रो त भन्दिन I किनकि मान्छेलाई सक्षम बन्नका निम्ति फरक वातावरणमा भिज्नु जरुरी छ I संसार बुझ्नु आवश्यक छ I किन भने बिदेशमा हरेक आधुनिक तथा प्राविधिक हिसाबले विकास स्तर उच्च छ I त्यस्ता फरक परिवेशमा जानुहोस् र बुझ्नुहोस् I केही नयाँ सिक्नुहोस् I जसले तपाईँलाई योग्य र सक्षम बनाउँछ I अनि आफ्नु मातृ देश आउनुहोस् I
हाम्रोमा के नयाँ गर्न सकिन्छ या के आवश्यक छ भन्ने कुराको महसुस यहाँलाई हुन्छ I तब तपाईँले धेरै अवसर मात्र हैन, पृथक काम गरेर सबैका निम्ति उदाहरण बन्न सक्नुहुन्छ I
-हाम्रोकथाबाट साभार