के हो अल्छी आँखा?

ByBibas chetan

९ असार २०७५, शनिबार ०८:३६ ९ असार २०७५, शनिबार ०८:३६ ९ असार २०७५, शनिबार ०८:३६

अल्छी आँखा अथवा ‘अम्ब्लायोपिया’ यस्तो अवस्था हो जसमा आँखामा कुनै प्नि किसिमको रोग नभएतापनि दृष्टिको क्षमता कम हुन्छ। चश्मा प्रयोग गरेर दृष्टिको क्षमता अलिकती मात्रै बढ्छ अथवा नबढ्ने पनि हुन सक्छ।

कारण
मस्तिष्कमा केही कारणले गर्दा आँखाले देखिएका चिजहरु पूर्ण रुपमा स्वीकार गदैनन् फलस्वरुप एक आँखाको रोशनी कम हुन जान्छ।

लक्षण
दृष्टिको क्षमता कम हुन्छ। त्यसैले पढ्ने बेला किताबलाई आँखाको नजिक लाने, टेलिभिजन नजिक गएर हेर्ने अथवा आँखा चिम्सो पारेर हेर्ने गर्दछ। कुनै बच्चाहरुमा आँखा डेढो पनि हुने गर्दछ। समयमा नै दृष्टिको उचित उपचार नहुनु, आँखाको सही पावर अनुसारको चश्मा प्रयोग नगर्नु, चोट लागेको आँखाको समयमा नै उपचार नहुनु, डेढोपनको समयमा पहिचान नहुनु बाहेक जन्मजात मोतिविन्दुको उपचारमा ढिलाई भएमा बच्चाहरुको आँखामा अम्बलायोपिया अथवा अल्छी आँखा हुन सक्छ।

उपचार
अल्छी आँखा अनुमानित जनसंख्याको १ देखि ५ प्रतिशतमा देखा पर्दछ। नेपाल आँखा अस्पतालको बाल आँखा विभागमा प्रत्येक दिन १५ – २० जना बालबालिकाहरु अल्छी आँखाको उपचार गर्न आउने गर्दछन्।

विशेष गरेर बच्चाहरुको दृष्टि पूर्ण रुपमा ८ वर्ष भित्र विकास हुने भएको हुनाले यदि उपचार ८ वर्ष अघि गरेमा राम्रो नतिजा प्राप्त हुन्छ।

उपचारका रुपमा चश्मा नियमित प्रयोग गर्ने, साथसाथै प्याच थेरापी पनि डाक्टरको सल्लाह बमोजिम प्रयोग गरेमा अल्छी आँखाको सुधार हुन सक्छ। प्याचिङ्ग थेरापी एक प्रभावकारी उपचार हो। डाक्टरको साथसाथै अविभावकको पनि महत्वपूर्ण भूमिका हुन्छ किन भने अविभावकले प्याचिङ्ग लगाउने तरिका र समय राम्रो सँग बुझेर प्रयोग गरेमा बच्चाको आँखाको रोशनी सदाको लागि कम हुन बाट बचाउन सकिन्छ।

डा चन्द्रा गुरुङ/नेपाल आँखा अस्पताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!