३० काटेसी यस्तो खानपान विष समान

ByBibas chetan

२२ बैशाख २०७६, आईतवार २०:०० २२ बैशाख २०७६, आईतवार २०:०० २२ बैशाख २०७६, आईतवार २०:००

उमेर ढल्कदै गएपछि खानपान र स्वास्थ्यमा खास ध्यान दिनैपर्छ । भनिन्छ नि, किशोरवयमा ढुंगा पनि पचाउन सकिन्छ ।

तर, जति जति उमेर ढल्कदै जान्छ, उत्तिनै हाम्रो शरीरको कार्य क्षमता कमजोर जान्छ । पाचन यन्त्र पनि उस्तै रहँदैन । खासगरी ३० बर्ष पार गरेपछि हामीले आफ्नो शारीरिक क्षमता गुमाउँदै जान्छौं ।

तीस वर्षको उमेर पश्चात्त देखिने विभिन्न स्वास्थ्य सम्बन्धि समस्यालाई लिएर डिप्रेशनमा जानु अगाडी याद गर्नुहोस्, एजिङ प्रक्रिया सुरु हुनुमा खानेकुराको भूमिका महत्वपूर्ण मानिन्छ ।

चिनी

अत्याधिक मात्रामा चिनीको सेवनले अतिरिक्त क्यालोरी हिप, पेट लगायतमा गएर थुप्रने गर्छ । चिनीकै कारण शरीरमा इन्सुलिन रेजिस्टेन्टको समस्या भई बाँझोपनाको समस्या निम्तिन्छ । चिनीकै सेवनले अनुहारको चाउरीपना निम्तिनुका साथै छाला खुम्चन थाल्छ । त्यसैले, याद राख्नुस्, चिनी प्रयोग नहुने खानेकुरा विरलै हुन्छ ।

कृतिम गुलियो

कृतिम गुलियोको सम्बन्ध क्यान्सरसित हुन्छ । यसको सेवनले शरीरमा ग्लूकोजको मात्रा बढाउनुका साथै बोसो धेरै लाग्छ । यसकै कारण टाइप -२ मधुमेह, कार्डियोभास्कुल रोग निम्तिने गर्छ ।

यस्ता गुलियो प्रायः ल्याबमा तयार पारिन्छ । कुनै कुनै गुलियो प्राकृतिक तत्वबाट पनि तयार पार्ने गरिन्छ । यसका बाबजुद पनि यदी तपाई कृतिम गुलियो मिसाइएको खानेकुरा खान चाहनुहुन्छ भने पनि कुनै समस्या छैन । विष उठाउनुहोस् । खानुहोस् ।

मदिरा

मदिरालाई क्यालोरीको भारी पनि भनिन्छ । किनकी शरीरले तीस वर्षको उमेर पछि क्यालोरी बर्न गर्न सक्दैछ, त्यस्ता क्यालोरी पेटमा जम्मा हुन थाल्छ । यसले शरीरमा इन्सुलिनको स्तर समेत बढाउँछ, जसले विभिन्न रोगको समस्या निम्त्याउँछ । मदिराले हामीलाई झक्झक्याउने पनि गर्छ । यद्यपी, भोली विहान हुन पाएको छैन, हामीलाई मदिराको तलतल लाग्न थाल्छ ।

क्याफिन

कफीमा प्रशस्त मात्रामा क्याफिन हुन्छ । क्याफिनको सेवनले अनिद्राको समस्या निम्तिन्छ । यसको अत्याधिक सेवनले बुढ्यौलीपना निम्तिन्छ । त्यतिमात्र हैन, मदिराले झै यसको अत्याधिक सेवनले शरीरमा कार्वोहाइड्रेटको समस्या निम्तिन्छ । र, शरीरको तौल बढ्छ ।

मैदा

मम, चाउमिन, स्याण्डविच लगायत मैदाबाट बनेको परिकार कसलाई मन नपर्ला ? तर मनपर्छ भन्दैमा यसलाई खान पनि त भएन । अझ तीस वर्ष उमेर पार गरेका मानिसहरुले त मैदा सकभर खानै हुँदैन ।

किनकी शरीरले मैदालाई ग्लूकोजमा परिणत गर्छ । र, ग्लूकोजलाई शरीरले सजिलै फ्याटको रुपमा संग्रहीत गर्छ । त्यतिमात्र हैन, आटामा फाइबर हुँदैन । त्यसैले, तीस वर्ष भन्दा माथि उमेरका मानिसहरुले मैदाको सेवन कम गर्नुपर्छ भने आटा तथा सिंगो अनाज पर्याप्त मात्रामा खानुपर्छ ।

ट्रान्सफ्याट

तीस वर्ष उमेर पार गरेका व्यक्तिले ब्रेडमा बटर वा मार्गराइन – भेजिटेबल आयलबाट बनाएको बटर) लगाएर खानु पनि हानीकारक मानिन्छ । किनकी यो मुटुको लागि हानीकारक मानिन्छ । यसले मुटुमा जलन पैदा गर्न सक्छ ।

पुरुषहरुमा ट्रान्सफ्याटले प्रजनन प्रकि्रयालाई सुस्त बनाउने गर्छ । यसले हर्मोनलाई असन्तुलित बनाई स्मरण शक्ति तथा मस्तिकको गतिविधिलाई सुस्त बनाउने गर्छ ।

त्यसैले, ट्रान्सफ्याट छोड्नुस, बटर खानतिर लाग्नुहोस् ।

प्रोसेस्ड फुड

प्रोसेस्ड फुडलाई कहिल्यै खान्छु नभन्नुहोस् । यसमा प्रयोग गरिने नाइट्रेट खानलाई स्वादिलो त बनाउँछ । तर यो शरीरमा पुगेपछि क्यान्सर पैदा गर्ने रसायनको रुपमा विकसित हुन्छ । त्यसैले नाइट्रेट प्रयोग गरिएको प्रोसेस्ड मासु नखानुहोस् । यसमा सोडियमको प्रयोग पनि उच्च हुन्छ ।

नुन

नुन आवश्यक छ । तर सिमित मात्रामा । अझ तीस वर्ष उमेर पुगेकाहरुका लागि त नुनको सेवन गर्दा विशेष रुपमै ध्यान दिनुपर्छ । किनकी नुनले खानाको स्वाद जति बढाउँछ, यसले शरीरलाई त्यति नै धेरै हानी गर्छ ।

त्यो कसरी भन्दा नुन शरीरमा सजिलै घुल्छ । जसले गर्दा शरीर फुलेर तथा सुन्निएर लचकदार हुन्छ । त्यतिमात्र हैन, अत्याधिक मात्रामा नुनको सेवनले व्लड प्रेशर उच्च हुनुका साथै स्ट्रोकको जोखिम निम्तिन्छ ।

कफी क्रिमर

कफी बनाउन प्रयोग गरिने कि्रमर सजिलो पनि हुन्छ, छिटो पनि । तर कफी कि्रमरको प्रयोग स्वास्थ्यका लागि हानीकारक मानिन्छ । किनकी यसमा प्रयोग हुने सेतो कलर टाइट्यानियम डाइअक्साइडबाट बनाइन्छ । टाइट्यानियम डाइअक्साइड विशेषगरी सन्सक्रिममा पाइन्छ । जसले कलोजोलाई खराब बनाउनुका साथै कोशिकामा क्षति पुर्‍याउँछ ।

याद राख्नुहोस्, खाना भनेको शरीरको लागि फ्यूल हो । तीस वर्ष उमेर पार गरेका मानिसहरुले आफ्नो शरीरलाई स्वस्थ राख्न पनि राम्रो फ्युलको प्रयोग गर्नु पर्छ । त्यसका लागि यो उमेरका मानिसहरुले यस्तो खानेकुरा खानुपर्छ, जुन सन्तुलित हुनुका साथै स्वस्थवर्दक पनि हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!